शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पल शाहले अभिनय र सुनिल गिरीले गायनमा डेब्यू गरेको ’को होला त्यो’ को रिमेक तयार (भिडियो सहित)

बिहीबार, १५ जेठ २०७७, १४ : ०६
बिहीबार, १५ जेठ २०७७

काठमाडौं– पछिल्लो समय नेपाली लोक पप बिधालाई थप उचाईमा पुर्याएका गायक हुन सुनिल गिरी । आफै गीत लेख्ने सुनिल आफै संगीत भर्छन् र कतिपय भिडियोमा अभिनय समेत गर्न भ्याउँछ्न । 

सुनिल गिरीको पहिलो गीत ‘को होला त्यो’ मार्फत डेब्यु गरेका नायक पल शाह अहिले चल्तिका नायक छन । ‘को होला त्यो’ हिट भए पछी सुनिलले सो गीतको भाग २ र ३ पनि निकाले । ‘को होला त्यो’ का तीन वटै गीत र अर्को गीत ‘देउराली भञ्ज्याङ्’ का उत्कृष्ट शब्दहरूलाइ ’ब्लेण्ड’ गरि सुनिलले रिमेक गीत ‘देउराली भञ्ज्याङ् को होला त्यो’ सार्वजनिक गरेका छन् । 

दर्शक श्रोताले अधिक मन पराएका गीतहरूको संगालो बनाएर सार्वजनिक गरेको सुनिल बताउँछन् । गीतमा पल शाहसँगै कृस्टिना थापाले अभिनय गरेकी छन् ।  

यसरी बनेको थियो ’को होला त्यो’
कुरा २०६९ सालको हो । सुनिलले भर्खरै मोटरसाइकल किनेका थिए । उनी निकै डुल्थे त्यो ताका । एकान्तमा गएर गुनगुनाउन मन पराउने उनी सितापाइला हुँदै व्हाइट गुम्बा निकै जान्थे । गुम्बा जाँदा एक जना युवती सुनिलको नजरमा परिन । युवती पनि लजालु पाराले सुनिललाई हेर्थिन । त्यै हेराई सम्झेर सुनिल गुनगुनाउँदै गर्दा जन्मेको गीत हो ’को होला त्यो’ ।

सानै देखि गायनमा रुचि राख्ने सुनिलले त्यो गीत आफै कम्पोज गरे अनि आफ्नै स्वरमा रेकर्ड गराए । अडियो त बन्यो अब भिडियो बनाउनु पर्यो । गीतको निर्देशन सतिस श्रेष्ठले गर्ने पक्का भयो । मोडलिङ कसले गर्ने भन्ने कुरा चल्यो ।

टेलिभिजनका क्यामरा पर्सन उमंग शाहीले सुनिललाई पल शाहसँग भेट गराए । पल त्यतिबेला तराई टेलिभिजनमै काम गर्थे । भेटेर कुराकानी गरेपछी सुनिलले हुन्छ भने पछि प्रकृति श्रेष्ठ  र पलले अभिनय गरेर हेटौंडाको एक खोला किनारमा सुटिङ भयो ।

त्यतिबेला नेपाली गीतहरू यूट्यूवमा राम्रै चल्न थालेका थिए । २०७० सालमा सुनिलले चिनजानका एक जना दाइको यूट्यूव च्यानलमा गीत अपलोड गर्न दिए । गीत सोच्दै नसोचेको हिट भएको सुनिल बताउँछन् । अहिले भने सुनिलले सो गीत लागायत आफ्ना सबौ गीत आफ्नै अफिसियल यूट्यूव च्यानलमा अपलोड गरेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप