सरकारले जनताको जीवनमाथि खेलवाड गर्यो: अध्यक्ष राणा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले जीवन रक्षाको मन्त्रणा गरेर नथाक्ने सरकारले जनताको जीवनमाथि खेलबाड गरेको आरोप लगाएका छन् । परीक्षण सामाग्री र उपकरणको चरम अभावबाट महामारी सरकारको प्राथमिकतामा नपरेको प्रष्ट भएको उनको भनाइ छ । राणाले सत्ता होइन, जनता जोगाउन सरकारलाई आह्वान गरेका छन् ।
‘स्वाब नमूना सुरक्षित राख्ने भीटिएमसहित पीसीआर किटको चरम अभाव छ । परीक्षण सामाग्री उपलब्ध छ भन्ने सरकारको दाबीमाथि सञ्चार जगतको ठूलो चुनौती छ,’ बिहीबार ट्वीट गर्दै राणाले भने, ‘जीवन रक्षाको मन्त्र जप्ने सरकारले यस्तो खेलबाड गर्न सुहाएन । सत्ता होइन जनता जोगाउनुपर्यो । सरकार आफैंले खतरामाथि खतरा थोपर्न भएन ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीको ३१ औं स्थापना दिवसको प्रसंगमा राणाले प्रजातन्त्रमाथि ठूलो चुनौती रहेको बताए् । राप्रपाको सान्दर्भिकता र विकल्प झन् प्रष्ट भएको उनले दाबी गरे । शुभकामना सन्देश जारी गर्दै उनले भने, ‘थाम्नै नसकिने कर र ऋणको भार छ । साँघुरो राजनीति, संस्थागत भ्रष्टाचार, विभेद, हत्या, बलात्कार, दण्डहीनता नियमित बनेको छ । प्रजातन्त्र ठूलो चुनौतीमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको सान्दर्भिकता र विकल्प झन् उजागर छ ।’ राप्रपा स्थापना दिवसको अवसरमा पार्टीका सम्पूर्ण सदस्य, शुभेच्छुकहरूमा राणाले शुभकामना दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने