सिरहामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि
बिहीबार, १५ जेठ २०७७, १२ : २४
सिरहा । सिरहामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवका अनुसार बरियरपटी गाउँपालिकाका ३७, २८,२९ र ३३ वर्षीय पुरुष, औरही गाउँपालिकाका र लक्ष्मीपुर पतारी गाउँपालिकाका १-१ जना गरी जम्मा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरु भारतको विभिन्न ठाउँबाट आएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए ।
कोरोना संक्रमित पुष्टि भएकाहरुलाई धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।
योसँगै सिरहामा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । जसमा २ जना प्रहरी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा