शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मेयर उम्मेदवारको घरमा प्रेस कुकर बम : बोरामा यस्तो भेटियो

मङ्गलबार, ०६ असार २०७४, ०७ : ३०
मङ्गलबार, ०६ असार २०७४

रुपन्देहीको सदरमुकाम सिद्धार्थनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको मेयरका उम्मेदवार सागरप्रताप राणाको घरमा प्रेस कुकर बम फेला परेको छ ।

सोमबार राति करिब ९ बजेतिर राणाको घरको मुलगेट अगाडि बोरामा हालेको अवस्थामा बम फेला परेको हो । गेट अगाडि भेटिएको संकासपद वस्तु देखे पछि नेपाल प्रहरी र नेपाली सेनालाई खबर गरी बम हटाइयो । 

बोरा भित्र अवध स्वायत्त प्रदेश नामको पर्चा भेटिएको प्रहरीले जनाएको छ । पर्चामा 'अहिले देशमा हाम्रो सत्ता आएको छैन, हाम्रो सत्ता आएपछि मात्र चुनावमा भाग लिने' जस्ता शब्दहरु प्रयोग गरिएको रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बेलबहादुर पाण्डेले जानकारी दिए । 

चुनाव बिथोल्ने र आतंक मच्याउन विप्लव समूहले राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप