बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२२ वर्षको उमेरमा संसारबाट बिदा भइन् यी अभिनेत्रीः सडक दुर्घटनामा मृत्यु

बिहीबार, १५ जेठ २०७७, ०९ : १३
बिहीबार, १५ जेठ २०७७

कन्नड टेलिभिजनकी चर्चित अभिनेत्री मेबिना माइकलको २२ वर्षको उमेरमा मंगलबार बेलुकी सडक दुर्घटनामा मृत्यु भएको छ ।

लोकप्रिय टिभी रियालिटी शो ‘प्याते हुडुगिर हाल्ली लाइफ’ की बिजेता मेबिनाको दुर्घटना नागमङ्गला तालुकको देवहल्लीमा भएको थियो । मेबिनाको मृत्युको खबरले उनको पूरा परिवारलाई ठूलो धक्का लागेको छ । उनी मंगलबार आफ्नो गृहनगर मडिकेरी गइरहेका बेला दुर्घटना भएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

इन्डिया टुडे डट इनको रिपोर्ट अनुसार मेबिना आफ्ना साथीहरुसँग घर फर्किरहेका बेला बाटोमा उनको कार एउटा ट्र्याक्टरसँग ठोक्किएको थियो । रियालिटी शोका होस्ट तथा नायक अकुल बलाजीले मेबिनाको मृत्युमा शोक व्यक्त गर्न ट्वीटरको सहारा लिएका छन्  ।

उनले लेखेका छन्, ‘मलाई मनपरेकी प्रतियोगी र प्याते हुडुगिर हाल्ली लाइफकी बिजेता मेबिनाको अचानक मृत्युको खबर सुनेर आहत छु । मेबिना निकै सानी थिइन् र हँसीमजाक गर्नुपर्ने व्यक्तित्व थियो उनको, म यो कुरामा अझै पनि विश्वास गर्न सकिरहेकी छैन कि मेबिना अब यो दुनियाँमा छैनन् । यो दुर्घटनाबाट बाहिर निस्कनका लागि उनको परिवारसँग मेरो प्रार्थना छ ।’

दुर्घटनाका बेला उनीसँगै भएका उनका अन्य साथीको नजिकैको अस्पतालमा उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप