ऊहानमा मालिकको कोरोनाका कारण मृत्यु, तर उनको कुकुर ३ महिनासम्म अस्पताल बाहिर कुरेर बसिरह्यो
कुकुरलाई सबैभन्दा इमान्दार जनावर मानिन्छ । चीनमा यो भनाईलाई पुष्टि गर्ने घटना सार्वजनिक भएको छ । ऊहानमा ७ वर्षको कुकुर शिआओ बाओ चर्चामा छ । उसले तीन महिनादेखि कोरोनासँग जुधिरहेका आफ्नो मालिकलाई ऊहान अस्पतालमा प्रतिक्षा गरिरह्यो । उसको मालिकको मृत्यु अस्पताल भर्ना भएको ५ दिनपछि भएको थियो । तर यो कुराबाट बेखबर शियाओ अस्पतालको लबीमा तीन महिनासम्म मालिकलाई भेट्ने आशामा प्रतिक्षा गरिरह्यो ।
डेली मेलका अनुसार शिआओ अस्पतालमा मालिकको प्रतिक्षा गरिरहेका बेला अस्पतालका कर्मचारीले उसलाई खाना खुवाए । १३ अप्रिलमा जब ऊहानमा लकडाउन हट्यो र बजार खुल्ला भयो तब एक पसलेले उसलाई अपनाए ।
पसले वू कुइफेनका अनुसार अप्रिलको मध्यमा उनी अस्पतालबाट बाहिर निस्किरहेका बेला उनले उक्त कुकुरलाई देखेका थिए । उनले भने, ‘त्यतिबेला मैले यसललाई शियाओ बाओ नामले बोलाएँ । यसरी नै उसले नाम पायो । अस्पतालका कर्मचारीले मलाई शिआओका मालिक एक वृद्ध पेन्सनर भएको बताए जो कोरोनाद्वारा संक्रमित थिए ।’
वू भन्छन्, ‘मेरो शिआओसँग एउटा परिवारको जस्तो सम्बन्ध छ । जब म पसल खोल्छु, ऊ यहाँ आइहाल्छ । यसलाई मैले धेरै पटक अर्को ठाउँमा पनि राखिदिएँ तर ऊ फर्केर आइहाल्छ । शिआओ अब मलाई छोडेर जान चाहँदैन ।’
२० मे मा शिआओ तायकाङ्ग अस्पताल पुनः पुगेको थियो, त्यतिबेला त्यहाँ बिरामीको अत्यधिक भीड थियो । अस्पतालका कर्मचारीले शिआओबारे थुप्रै असन्तुष्टि सुन्नपर्यो तसर्थ ऊहानमा जनावरको रेखदेख गर्ने सरकारी संस्थासँग सम्पर्क गरियो । संस्थाका सदस्य आएर शिआओलाई लगे । त्यहाँ उसको हेरविचार गरियो र नसबन्दी पछि उसलाई फिर्ता छोडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पढेलेखेकाहरूले देश बिगारे’ भन्ने भाष्य निर्माण भएकोले पढ्ने संस्कृतिको विकास हुन सकेन : सीके राउत
-
सूर्यज्योतिले मनायो आफ्नो १६ औँ वार्षिकोत्सव
-
नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी
-
चेम्बर सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन
-
तनहुँका २३ सामुदायिक वनमा आगलागी : सबै नियन्त्रणमा
-
सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने