बेलायतमा कोरोना संक्रमणबाट अर्का पूर्व गोर्खा सैनिकको मृत्यु
लन्डन – कोरोना भाइरस (कोभिड १९) का कारण बेलायतमा अर्का एकजना भूतपूर्व गोर्खा सैनिकको मृत्यु भएको छ ।
बेलायती सेना सेभन जीआरका अवकाश प्राप्त ६१ वर्षीय जितेन्द्र राईको मंगलबार निधन भएको हो । हाल बेलायतको ग्रेजमा बस्दै आएका मृतक राईको पुर्ख्यौली घर खोटाङ जन्तेडांडा–३ भएपनि पछिल्लो समय उनी उदयपुरमा बस्दै आएका थिए ।
बिगतमा यूके बसेर नेपाल फर्किएका राई गत डिसेम्बरमा मात्र बेलायत आएका थिए । उनका तीन छोरा बेलायतमा छन् भने श्रीमती नेपालमै छिन् ।
तीन हप्ता घरमै आइसोलेसनमा बसेका राईलाई ठिक नभएपछि एसेक्सको बासिल्डन अस्पतालमा भर्ना गरिएको थियो । करिब एक महिना लामो समयसम्म अस्पतालमा उपचारका गर्दागर्दै उनको कोरोनाका कारण मृत्यु भएको हो ।
हालसम्म बेलायतमामात्र साँढे पाँच दर्जन नेपालीहरुको कोरोनाको संक्रमणबाट मृत्यु भइसकेको छ । जसमध्य साँढे चार दर्जन पूर्व गोर्खा सैनिक तथा तिनका परिवार र बाँकी गैर गोर्खाहरु रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिले गत शनिबार साँझसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुने गैर आवासीय नेपालीहरुको संख्या १ सय १७ पुगेको तथ्यांक सार्वजनिक गरेको थियो ।
नेपाललाई समेत समावेस गरिएको उक्त तथ्याँक अहिले वृद्धि भएर १ सय २० भन्दा बढी पुगिसकेको छ ।
विश्वभरमा ३ लाख ५६ हजार भन्दा धेरैको कोरोनाका कारण ज्यान गइसकेको छ भने बेलायतमा अहिलेसम्म कोरोनाका कारण ३७ हजार ४ सय ६० जानाले ज्यान गुमाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !