शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अफगानिस्तानमा २४ घन्टामा ६२५ कोरोना संक्रमित थपिए

बुधबार, १४ जेठ २०७७, २३ : ०३
बुधबार, १४ जेठ २०७७

एजेन्सी ।  अफगानिस्तानमा गएको २४ घन्टायता ६२५ जना कोरोना संक्रमित थपिएका बताइएको छ । अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयले बुधबार सो जानकारी दिएको छ । यो समेत गरी बुधबारसम्म यहाँ कोभिड १९ का संक्रमितको संख्या १२ हजार ४५६ पुगेको पनि सो मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अफगानिस्तानमा पनि दिन प्रतिदिन कोरोनाका संक्रमितहरु थपिएका छन् । उक्त मन्त्रालयले गएको २४ घन्टायता अफगानिस्तानमा कम्तीमा पनि सात जना संक्रमितको ज्यान गएको छ । यहाँ कोरोना संक्रमणबाट अहिलेसम्म २२७ जनाको ज्यान गएको पनि समाचारमा जनाइएको छ ।

यहाँ कारोनाका संक्रमितमध्ये १ हजार १३८ जना निको भएर फर्किएका  छन् । यहाँ निधन भएकाहरुमा कुनै न कुनै रोगका विरामीहरु रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । –सिन्ह्वा/Photo: AFP

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप