शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा मन्त्रीले लकडाउनको नियम उलंघन गरेको आरोप

बुधबार, १४ जेठ २०७७, २२ : ५०
बुधबार, १४ जेठ २०७७

एजेन्सी । भारतका एक जना केन्द्रिय मन्त्रीले लकडाउनको नियम उल्लंघन गरेको भन्दै आलोचना भएको छ । केन्द्रिय मन्त्री नरेन्द्र सिंह टोमरले श्योपुर जिल्लाको भ्रमण गर्दा लकडाउन र सामाजिक दुरी कायम गर्नु पर्ने नियम उलंघन गरेको आरोप लागेको हो । 

जिल्लाको निशाद राज भवनमा आयोजित एक कार्यक्रममा सहभागी हुदाँ उनले मापदण्ड उलंघन गरेको बताइएको छ । भारतको मध्य प्रदेश राज्यमा अहिलेसम्म कोरोना भाइरसका कारण सात हजार २४ जना विरामी भएको पुष्टि भएको छ । 

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार यस प्रदेशबाट मात्रै अहिलेसम्म तीन हजार ६८९ जना निको भएर फर्किएका छन् भने ३०५ जनाको मृत्यु भएको छ । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप