मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानमा पनि बढ्दै कोरोना भाइरसका संक्रमित

बुधबार, १४ जेठ २०७७, २२ : ३९
बुधबार, १४ जेठ २०७७

एजेन्सी । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ५९ हजार १५१ पुगेको बुधबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा १ हजार ४४६  संक्रमित थपिएका बताइएको छ । 

पाकिस्तानमा संक्रमित मध्येका  १ हजार २२५ व्यक्तिको अहिलेसम्म मृत्यु भएको पनि अधिकारीहरले जानकारी दिएका छन् ।  पाकिस्तानमा मङ्गलबार मात्र २८ जना संक्रमितको ज्यान गएको छ ।  पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ । त्यसपछि कोरोना भाइरस संक्रमित राज्यमा पञ्जाव, खैबर पाख्तुनख्वा,बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिरमा रहेका छन् ।     

संक्रमितहरुमध्ये १९ हजार १२४ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ । अधिकारीहरुले यहाँका विभिन्न अस्पतालमा ३८ हजार ७८४ जना संक्रमितले उपचार गराइरहेको जनाएका छन् । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप