केन्द्रीय संस्करण

कोरोनाले दिएको हन्डरः भारतबाट १४ दिन हिँडेर काठमाडौं, डेरामा छिर्न नदिएपछि ‘बसभित्र क्वारेन्टाइन’

person explore access_timeजेठ १४, २०७७ chat_bubble_outline0

काठमाडौं । भारतमा कोरोना नियन्त्रणका लागि लकडाउन जारी भएपछि उनीहरुको काम बन्द भयो । दुबै जनाको परिवार काठमाडौंको स्वयम्भुमा डेरा गरी बस्थे । लकडाउनका कारण यातायात बन्द भयो । उनीहरुले हिँडेरै नेपाल जाने अठोट गरे । 

कोरोना भाइरसको संक्रमण फैलिएपछि उनीहरु भारतको हापुर भन्ने स्थानमा पैदल हिँड्न थालेका थिए । सुनौली नाकाबाट उनीहरु नेपाल प्रवेश गरेका थिए ।  कलिलो उमेरमै रहेका १९ वर्षका चित्रबहादुर बुढाथोकी र २२ वर्षकी सीमा मगर १४ दिन कहिले पैदल कहिले गाडी लिफ्ट माग्दै २ दिनअघि काठमाडौं आइपुगेका थिए । 

काठमाडौं टेकेपछि घरै आएको अनुभूत गरेका उनीहरुले जब आफ्ना आफन्त बस्ने स्वयम्भुस्थित डेरा भएको टोलमा पुगे, उनीहरुले अमानवीय व्यवहार भोग्नुपर्यो ।  त्यहाँका टोलबासी तथा घरबेटीले उनीहरुलाई आफ्नो परिवार भएको डेरामा त कुरै छाडौं टोलमा पनि प्रवेश दिएनन् । 

नेपाल भारत सीमानामा पनि उनीहरु १४ दिन क्वारेन्टाइनमा बसेका थिए । त्यहाँ उनीहरुको आरडिटी विधिबाट गरिएको कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनीहरु नेपाल प्रवेश गरेका थिए ।   काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्वयम्भुका वडाका प्रतिनिधि पनि टोलबासीले भारतबाट दुई जना आफ्नो टोलमा आएको खबर गरेपछि हेर्न गए । 

चित्रबहादुर र सीमाले वडा कार्यालयका प्रतिनिधिलाई आफ्नो खाने बस्ने ठाउँ नभएकोले क्वारेन्टाइनको व्यवस्था गरिदिन गुनासो गरे । तर उनीहरुले तपाईहरु आफै सेल्फ क्वारेन्टाइनमा बस्नुस् हामी ब्यवस्था गर्न सक्दैनौँ भनेर गए ।  डेरामा बस्ने उनीहरुको परिवार पनि आर्थिक अभावमा छन् । चित्रकुमारकी दिदी निर्माणस्थलमा बालुवा चाल्ने काम गर्थिन् । तर लकडाउनपछि उनको ज्यालादारी काम पनि बन्द भएको छ ।  भोकै परेका उनीहरुलाई बुधबार राती स्वयम्भुका रेष्टुरेन्ट सञ्चालक कुमार श्रेष्ठले खाना खुवाएका थिए । उनीहरु अहिले सडकमा रोकिरहेको यात्रुबाहक बसमा रात काटिरहेका छन् । 

बसमा चिसो रात काट्न कठिन भएपछि उनीहरुलाई अहिले ब्ल्याङ्केट दिइएको स्वयम्भु मिलनचोकका स्थानीय पुरुषोत्तम अर्यालले रातोपाटीलाई जानकारी दिए ।  अप्ठेरो अवस्थामा रहेका उनीहरुलाई नगरपालिकाको कार्यालयले कुनै सहयोग नगरी अमानवीयता प्रर्दशन गरेको उनले बताए । 

चित्रबहादुर र सिमाले बुधबार दिउसो टेकु अस्पतालमा गएर पिसिआर रिपोर्टका लागि स्वाव पनि दिएर आएका छन् ।  बुधबार दिँउसो काठमाडौंमा भीषण असिना पानी प¥यो । यतिबेला बसभित्र बसेर उनीहरु चिसो रात काटिरहेका छन् । 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.