शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुकुम पश्चिम घटनामा जनार्दन शर्माको विज्ञप्ति : तथ्यलाई बंग्याउने प्रयत्न भयो

बुधबार, १४ जेठ २०७७, २२ : ००
बुधबार, १४ जेठ २०७७

नेकपा नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न पुनः माग गरेका छन् । 
रुकुम पश्चिमको निर्वाचित सांसद समेत रहेका शर्माले संघीय संसदमा त्यहाँको सम्पूर्ण विवरण राख्दै गर्दा केही सांसदहरुले होहल्ला गरी भनाइ राख्न अवरोध गरेको बताएका छन् । उनले आफूले घटनाको सत्यतथ्य सार्वजनिक होस् भनि छानबिनको माग गरेको तथ्यलाई बंग्याउने प्रयत्न भएको पनि बताएका छन् । 
‘मैले संसदमा त्यहाँको सम्पूर्ण विवरणसहित सभामुखसँग समयमागी बोल्न लाग्दा केही सांसदहरुले होहल्ला गरी मलाई बोल्न नदिने काम भयो । मैले मेरा सम्पूर्ण भनाइ राख्नबाट बन्चित भएँ’, उनले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘मैले बोलेको स्पष्ट भनाइ हुँदाहुँदै तोडमोड गरी राजनीतिकरण गर्ने प्रयास भएको छ । सबैमा आग्रह गर्न चाहन्छु कि घटनाको सत्य तथ्य सार्वजनिक होस् भनि छानबिनको माग गरेको तथ्यलाई बंग्याउने काम भएको छ ।’
उनले आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो उद्देश्य नै उत्पीडित वर्गका पक्षमा खडा हुने भएको स्पष्ट पार्दै उनले अपराधीलाई कारबाहीको साथै राज्य पूर्ण उत्तरदायी भएर जानुपर्नेमा जोड दिएका छन् । 
उनले घटनाको छानबिनमा सहयोग गर्न आफू प्रतिबद्ध रहेको भन्दै उच्चस्तरीय छानबिन संसदीय समिति बनाउन समेत माग गरेका छन् ।  
जेठ १० गते साँझ रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा अन्तर्जातीय विवाहको विवादमा सो घटना भएको थियो ।

 

  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप