कोरोनाबाट ५९ वर्षीय पुरुषको मृत्यु, मृतक ललितपुर निवासी
बुधबार, १४ जेठ २०७७, २१ : ४७
ललितपुरका एक ५९ वर्षीय पुरुषको कोरोनाभाइरसका कारण मृत्यु भएको छ। प्रहरी उच्च स्रोतले उनको कोरोनाभाइरसका कारण मृत्यु भएको पुष्टि गरेको छ ।
मृतक ललितपुरको भैंसेपाटीका स्थायी निवासी हुन् । उनको बुधबार किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र कारोनाको आशंकामा स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर टेस्ट गराउँदा कोरोना पोजेटिभको रिपोर्ट आएको हो । मृतक लिभरसम्बन्धी रोगबाट ग्रस्त थिए ।
मृतककाे शव अस्पतालमै रहेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँकेका १–१ जनाको मृत्यु भइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५१ दिनमा सकियो ‘मेयर’को छायाङ्कन
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ