शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

४८ करोडमा खोलिन् कंगनाले अफिस

बुधबार, १४ जेठ २०७७, १९ : ०९
बुधबार, १४ जेठ २०७७

मुम्बई । अभिनयको माध्यमबाट सबैको मन जित्न सफल अभिनेत्री कंगना रनौतले आफ्नो प्रोडक्स हाउस खोलेकी छन् । 

उनले हालै मुम्बईको पाली हिलमा एक प्रोडक्सन अफिस खोलेकी हुन् । जसबाट उनले फिल्म समेत निर्माण गर्ने भएकी छन् । 

प्रोडक्स हाउस उनले अफिस कम र स्टुडियो बढी  बनाएकी छन् । भर्सटाइल अभिनेत्रीको रुपमा परिचित कंगनाले आफ्नो निर्देशन र लेखनमा पनि क्षमता रहेको केही पहिले प्रमाणित गरिसकेकी छन् ।

कंगनाले नयाँ प्रोडक्सन हाउसको केही तस्बिर सामाजिक संजाल मार्फत शेयर समेत गरेकी छन् । प्रोडक्सन हाउसको नाम मणिकर्णिका फिल्मस् राखिएको छ ।

कंगना अभिनित फिल्म मणिकर्णिकाः द क्वीन अफ झांसी २०१९ मा रिलिज भएको थियो । उनले यो फिल्मबाट प्रेरित भएर अफिसको नाम राखेकी हुन् । कंगनाको यो अफिस सेलिब्रेटी डिजाइनर शबनम गुप्ताले तयार पारेकी हुन् । करिब ४८ करोड भारु खर्च भएको अफिसको ​साउन्ड इको फ्रेन्डलीका साथसाथै प्लास्टिक फ्री समेत बनाइएको छ । अफिस युरोपियन लुक्समा बनेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप