शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहाका एसपीको सुरक्षा गार्ड र चालकलाई कोरोना

बुधबार, १४ जेठ २०७७, १८ : ५३
बुधबार, १४ जेठ २०७७

जनकपुर । सिरहाका दुई प्रहरीलाई कोरोनाभाइरस संक्रमण देखिएको छ ।  सिरहाका प्रहरी उपरीक्षक (एसपी) को सुरक्षा गार्ड र चालकमा कोरोना संक्रमण पुष्टि भएको हो । 

सिराहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईँले ३० वर्षीय सुरक्षा गार्ड र ३९ वर्षीय एक चालकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको बताए । 

उनले अहिले संक्रमित दुबै जनालाई जिप्रका सिरहाले निर्माण गरेको आईसोलेशन वार्डमा भर्ना गरिएको गरिएको बताए ।  उनका अनुसार संक्रमित मध्ये एक जना सप्तरी जिल्लाको रुपनी गाउँपालिका र अर्का एकजना ओखलढुंगा सिद्धिचरण नगरपालिकाका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप