शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी उपरीक्षकको गार्ड र चालकलाई भेटियो कोरोना

बुधबार, १४ जेठ २०७७, १८ : ३७
बुधबार, १४ जेठ २०७७

जनकपुर । सिरहाका प्रहरी उपरीक्षकको सुरक्षामा खटिने एक जना ३० वर्षीय सुरक्षा गार्ड र उनकै गाडी चलाउने  ३९ वर्षीय एक चालकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईँले संक्रमण पुष्टि गर्दै भने, 'दुबै जनालाई जिल्ला प्रहरी कार्यालयले बनाएको आईसोलेशन वार्डमा भर्ना गरिएको छ ।'

उनले अहिले संक्रमित दुबै जनालाई जिप्रका सिरहाले निर्माण गरेको आइसोलेशन वार्डमा भर्ना गरिएको बताए ।  उनका अनुसार संक्रमित मध्ये एक जना सप्तरी जिल्लाको रुपनी गाउँपालिका र अर्का एकजना ओखलढुंगा सिद्धिचरण नगरपालिकाका रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप