बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सांसदको स्वास्थ्यमन्त्रीलाई प्रश्न –‘आरडीटी परीक्षणमा ५६ जना पोजिटिभ, पीसीआरमा किन शुन्य ?’

बुधबार, १४ जेठ २०७७, १४ : ४८
बुधबार, १४ जेठ २०७७

काठमाडौं क्षेत्र नम्बर १० का सांसद राजन केसीले स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउँदै कोरोना परीक्षणमा आरडीटी भरपर्दो नहुँदा नहुँदै किन त्यसलाई नै प्राथमिकता दिएको भन्दै प्रश्न गरेका छन्  । 
बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद केसीले आफ्नो निर्वाचन क्षेत्रको चन्द्रागिरी नगरपालिकामा आरडीटी परीक्षण गर्दा ५६ जनामा पोजिटिभ देखिएपछि क्वारेन्टाइनमा राखेको तर पीसीआरमा सबैको रिपोर्ट नेगेटिभ आएको बताए । 
उनले विश्व स्वास्थ्य संगठनले पनि मान्यता नदिएको आरडीटी प्रविधि गलत रहेको भन्दै मन्त्रीले  आरडीटीलाई किन प्राथमकिता दिएको भन्दै प्रश्न गरे ।
 ५ दिनसम्म ५६ जना र उनका परिवार आतंकित भएको बताउँदै पिसीआर नै भरपर्दो हुने भएकोले त्यसलाई नै अघि बढाउन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप