शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार अभियोगमा मेलम्चीबाट एक जना पक्राउ

बुधबार, १४ जेठ २०७७, १४ : १६
बुधबार, १४ जेठ २०७७

काठमाडौं । बलात्कार आरोपमा सिन्धुपाल्चोकको मेलम्चीबाट एकजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा  मेलम्ची नगरपालिका वडा नम्बर ११ का ४३ वर्षीय पुरुष छन् । उनले आफ्नै १८ वर्षीय छोरीविरुद्ध पटक पटक जबरजस्ती करणी गर्दै आएको उजुरीको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । 
छोरीमाथि बाबुले नै बलात्कार गरेको  भन्दै पीडितकी आमाले दिएको उजुरीको आधारमा उनलाई बुधबार पक्राउ गरेर थप अनुसन्धान भइरहेको तामाङको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप