सीमा नाकामा अलपत्र एक नेपालीको मृत्यु
बुधबार, १४ जेठ २०७७, १३ : २९
जनकपुर । नेपाल-भारत सीमानाका जटहीमा अलपत्र एक जनाको मृत्युु भएको छ ।
धनुषाको शहिदनगर नगरपालिकाका वडा नम्बर ९ स्थित गोठकोयलपुरका ३० वर्षीय युवकको मृत्यु भएको हो ।
भारतमा रोजगारी गुमेपछि जटही नाकामा आएका उनको खान समेत नपाएर कष्टकर जीवन जिउन पर्दा मृत्यु भएको दावीसहित नाकामा अलपत्र रहेका अन्य नेपालीहरुले प्रदर्शन गरेका छन् ।
घटनापछि नेपाल प्रवेश गरी उनीहरुले ज १ त १२१३ नम्बरको एम्बुलेन्समा समेत तोडफोड गरेका छन् ।
जटही नाकामा रहेको समय नेपाल सरकारले खानाको व्यवस्था नगरेको र खाना नपाएर एकजनाको मृृत्यु भएको उनीहरुको दावी छ ।
मृतकले अहमदावादमा होटलमा कुकको रुपमा काम गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा सामान्य वृद्धि, साढे २ अर्बको कारोबार
-
कपिलको शोमा पुगे आमिर, भने – ‘बच्चाहरूले मेरो कुरा सुन्दै सुन्दैनन्’
-
प्राधिकरणको आम्दानीबाट सरकारले दिने विद्युत् सहुलियत धान्न सम्भव छैन : कुलमान घिसिङ
-
न्यायाधीश मल्लको प्रश्न– टीआरसीले हेर्ने कि अदालतले ?
-
सिटिजन लाइफले ल्यायो भिडियो केवाईसी सुविधा
-
चेम्बर अफ कमर्सका २४ वटा समितिको नेतृत्व चयन