सरकारलाई सबैभन्दा बढी आयकर बुझाउँछन् वित्तीय क्षेत्र, औद्योगिक क्षेत्र सबै भन्दा कम तिर्छन्
बुधबार, १४ जेठ २०७७, १३ : ००
सरकारलाई सबैभन्दा बढी आयकर वित्तीय क्षेत्रले बुझाएका छन् । यो क्षेत्रको मात्र सरकारको कोषमा ६ अर्ब ९४ करोड ३० लाख जम्मा भएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा वित्तीय क्षेत्रले सो आयकर बुझाएका हुन् । विभिन्न क्षेत्रगत संस्थानको कुल आयकरमा वित्तीय क्षेत्रको मात्र ३९ प्रतिशत योगदान छ । वित्तीय क्षेत्रअन्तर्गत बैंक, फाइनान्स, लघुवित्त, सहकारी लगायत पर्छन् ।
औद्योगिक क्षेत्रले १ करोड ७२ लाख रूपैयाँमात्र आयकर बुझाएका छन् । यो भनेको जम्मा ०.१० प्रतिशतमात्र योगदान हो । सार्वजनिक संस्थानबाट सरकारको सञ्चित कोषमा सार्वजनिक संस्थानबाट १७ अर्ब ५७ करोड २७ लाख आयकर योगदान भएको छ ।
यो गत वर्षको तुलनामा आयकरमा २७.८४ प्रतिशतले बढी हो । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षाले यस्तो देखाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणमा समेत बिचौलियाको बिगबिगी
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता
-
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र