बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फिल्म ‘साइनो’ युट्युबबाट रिलिज

बुधबार, १४ जेठ २०७७, १२ : ३६
बुधबार, १४ जेठ २०७७

काठमाडौं । नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द थापाको निर्माण रहेको र केही पहिले प्रदर्शित फिल्म चलचित्र ‘साइनो’ युट्युबमा पनि रिलिज भएको छ । 

लकडाउनका बेलामा दर्शकहरुका लागि मनोरञ्जन दिन चलचित्र युट्युबमा राखिएको निर्माता भुवनले बताइन् । 

रमेश थापाको निर्देशन रहेको फिल्मले ले सार्वजनिक प्रदर्शनबाट फिल्मले दर्शकको तारिफ पाउन सफल भएको थियो । 

चन्द्र बिनायक फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा राजकुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ लगायतका कलाकारको मूख्य अभिनय रहेको छ । 

शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोलाई अभिमन्यु निरबीले लेखेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप