‘गोर्खा वारियर’को छायाँकन अगाडि टेष्ट टिजर
काठमाडौं । निर्देशक मिलन चाम्सले केही अगाडि ‘वीर विक्रम २’ र ‘बोबी २’ बनाए । अहिले फेरि चाम्सले ‘गोर्खा वारियर’ नामबाट फिल्म बनाउने तयारी गरेका छन् ।
यतिबेला उनको फिल्मको छायाँकन सुरु हुन्थ्यो पनि होला । तर कोरोनाको कहरका कारण देश लकडाउनमा भएकोले छायाँकन पछि धकेलिएको छ ।
छायाँकन सरेपनि चाम्सले अहिले फिल्मको एक टिजर बाहिर ल्याएका छन् । जसलाई उनले टेष्ट टिजर नाम दिएका छन् ।
‘हलिउडले पनि फिल्मको छायाँकन समय वा छायाँकन अगाडि टेष्ट टिजर ल्याउने गरेको छ’ मिलनले भने ‘सोही शैलीमा आफुले पनि टेस्ट टिजर ल्याएको हो ।’
‘गोर्खा वारियर’ मिलनले वीर गोर्खालीको कथामा बनाउन लागेका हुन् । जसमा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्दि तामाङ, विजय लामा, माओत्से गुरुङ, कविता आले, रुपा पुन लगायत कलाकारको अभिनय रहनेछ ।
केही हलिउड कलाकारको समेत अभिनय रहने, नेपाली र अंगे्रजी दुई भाषामा बन्न लागेको फिल्म अफगानिस्तान र नेपालमा छायाँकन हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ