बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा किशोरी बलात्कृत

बुधबार, १४ जेठ २०७७, १२ : १४
बुधबार, १४ जेठ २०७७

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी एक किशोरी बलात्कृत भएकी छिन् । उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहारले ती किशाेरीलाई बलात्कार गरेको आरोप लगाउँदै परिवारले प्रहरीमा उजूरी दिएको छ ।

नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक समेत रहेका लोहारले गएराति किशोरीलाई जर्बजस्ती घरको पछाडि पु-याई सो हर्कत गरेको आरोप लगाइएको छ । 

राति परिवारले किशोरीलाई बेहोशावस्थामा फेला पारी प्रहरीलाई खबर गरेको थियो । घटनापछि फरार अभियुक्त  लोहारको खोजी भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए । पीडितको शिवराज अस्पतालमा उपचार भइरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप