शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्राइम पेट्रोलकी २५ वर्षीया कलाकार प्रेक्षाद्वारा आत्महत्या

बुधबार, १४ जेठ २०७७, १० : ०८
बुधबार, १४ जेठ २०७७

टेलिभिजन कलाकार प्रेक्षा मेहताले सोमबार राती मध्यप्रदेशको इन्दोरस्थित आफ्नो घरमा आत्महत्या गरेकी छिन् । उनी २५ वर्षकी थिइन्  ।

क्राइम पेट्रोलमार्फत् चर्चामा आएकी प्रेक्षालाई मंगलबार बिहान उनको कोठामा झुण्डिएको अवस्थामा भेटिएको हो ।

परिवारले उनलाई अस्पताल पुर्याए पनि डाक्टरले उनलाई मृत घोषित गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रेक्षा लकडाउन अघि मुम्बईबाट इन्दोर गएकी थिइन् र उनी पछिल्लो समय लकडाउनका कारण गुमेको कामका कारण डिप्रेशनमा भएको अनुमान गरिन्छ । प्रेक्षाले सुसाइड नोट पनि छोडेको प्रहरीले जानकारी दिएको छ ।

‘हाम्रो प्रारम्भिक अनुसन्धानले उनले डिप्रेशनका कारण आत्महत्या गरेको हुनसक्ने देखाउँछ । हामी यसबारे थप अनुसन्धान गरिरहेका छौं,’ हिरा नगर पुलिस स्टेशनका अफिसर इन्चार्ज राजिव भादोरियाले एनडीटिभीलाई बताए ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Meri Taraf Aata Har Gham Phisal Jaaye Aankhon Mein Tum Ko Bharun Bin Bole Baatein Tumse Karun 🥰

A post shared by Preksha Mehta 🎭 (@iamprekshamehta) on

प्रेक्षाको इन्स्टाग्राम अकाउन्टमा अन्तिम मेसेजले उनी मानसिक रुपमा विचलित भएको देखाउँछ । ‘सबैभन्दा खराब त सपना मर्दा महसुस हुन्छ’, उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छिन् ।

उनको अन्तिम तस्बिरमा थुप्रैले श्रद्धाञ्जली भन्दै कमेन्ट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप