शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इन्जिनियरिङ एसोसिएसन बागमती प्रदेशलाई अस्ट्रेलियाबाट सहयोग

बुधबार, १४ जेठ २०७७, ०८ : ५१
बुधबार, १४ जेठ २०७७

 नेपाल इन्जिनियरिङ एसोसिएसन बागमती प्रदेश समितिको सक्रियतामा निर्माण भइरहेको कोभिड-१९ स्वाब टेस्ट बुथका लागि अस्ट्रेलियाबाट सहयोग जुटेको छ । 

अस्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने इन्जिनियरहरुको संस्था Society of Nepalese Engineers in Victoria, Australia को सक्रियतामा १ हजार ३४२ डलर संकलन गरि पठाइएको हाे । सो रकम रामेछाप जिल्लामा स्वाब कलेक्सन बुथ पठाउने गरी पठाइएको संस्थाले जनाएको छ ।

समितिको सक्रियतामा त्यस्ता बुथ हालसम्म विभिन्न १० वटा अस्पतालहरुमा प्रदान गरिसकिएको छ ।
 बुध अग्रपंक्तिमा बसेर स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीहरुलाई अत्यन्त उपयोगी रहने बताइएको छ । एउटा बुथ बनाउन करिब ९० हजार रुपैयाँ खर्च हुने बताइन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप