केन्द्रीय संस्करण

थप २१ जनाले जिते कोरोना, निको हुनेको संख्या १७६ पुग्यो

person explore access_timeजेठ १३, २०७७ chat_bubble_outline0
file photo

काठमाडौं । कोरोना निको हुनेको संख्या १७६ पुगेको छ।  मंगलबार थप २१ जना निको भएसँगै नेपालमा कोरोना जित्नेको संख्या १७६ पुगेको हो ।  नारायणी अस्पताल कोराेना विषेश अस्थायी अस्पताल गण्डकको आइसोलेशनमा उपचाररत २१ जनाले कोरोना जितेका हुन् । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले ४ महिलासहित २१ जनाले कोरोना जितेको बताए । उनीहरु सबै वीरगन्ज महानगरपालिकाको रहेको र मंगलबार राति डिस्चार्ज गरिएको उनको भनाइ छ । हालसम्म नेपालमा ७७२ जनामा कोरोना पुष्टि भएकोमा यो संख्यामा निको भएका हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.