बैंकका सबै कर्मचारीकोे कोरोना बीमा र पीसीआर परीक्षण गर्न माग
काठमाडौं । वित्तीय क्षेत्रमा कार्यरत सबै कर्मचारीको पीसीआर परीक्षण गर्न र कोरोना बीमा गराउन माग गरिएको छ । वित्तीय संस्थाका कर्मचारीको संस्था नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन)ले बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, धितोपत्र बजार तथा अन्य गैरबैंकिङ वित्तीय संस्थामा कार्यरत कर्मचारीको बीमा र परीक्षणको माग गरेको हो । साथै कर्मचारीको आश्रित परिवारको समेत बीमा गर्न र त्यस्तो रकम सम्बन्धित संस्थाको वित्तीय उत्तरदायित्व कोषबाट खर्च गर्नसक्ने व्यवस्था मिलाउने गरी सम्बन्धित नियामक निकायलाई व्यवस्था गर्न आग्रह समेत गरिएको छ ।
संघले केही वित्तीय संस्थाको व्यवस्थापनले यस विषम परिस्थितिमा जिम्मेवार भई आफ्ना कर्मचारीको सेवा तथा शर्तको सुनिश्चितता र सुरक्षा उपायहरु अपनाएर काममा लगाएकोमा आभारी व्यक्त गर्दै केही संस्थाले कर्मचारीको मनोबल गिर्नेगरी सेवा सुविधा घटाउने, ‘फोर्स लिभ’मा पठाउने जस्ता कार्य गरेकोमा आपत्ति समेत जनाएको छ । जागिरबाट हटेकालाई पुनर्बहाली गर्न चेतावनी समेत दिएको छ ।
संघले आगामी आर्थिक वर्षको बजे समग्र वित्तीय क्षेत्रको सुरक्षा तथा यो क्षेत्रका कर्मचारीहरुको पेशागत सुरक्षाको लागि आवश्यक कार्यक्रम ल्याउन समेत सरकारलाई आग्रह गरेको छ । यो परिस्थितिको कारण वित्तीय क्षेत्रमा पर्नसक्ने प्रभावलाई मध्यनजर गर्दै अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन सुधारका प्याकेज ल्याउन संघले सरकारलाई आग्रह गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल