बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सीमामा अलपत्र परेकालाई भरतपुर महानगरपालिकाले गर्‍यो उद्धार

मङ्गलबार, १३ जेठ २०७७, १८ : ५०
मङ्गलबार, १३ जेठ २०७७

चितवन । भरतपुर महानगरपालिकाले कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी प्रकोपका कारण भारतका विभिन्न स्थानबाट आइ सीमामा अलपत्र परेकाहरुलाई भैरहवाको सुनवल नाकाबाट उद्दार गरी ल्याएको छ ।

मंगलबार नगरप्रमुख रेनु दाहालको निर्देशनमा वडा अध्यक्ष नरी नारायण पौडेल तथा नगर प्रमुखका सल्लाहकार गोपाल कृष्ण न्यौपानेको टोलीले भैरहवास्थित क्वारेन्टाईनमा रहेका तथा सीमा नाकामा अलपत्र परेका २९ जनालाई उद्धार गरेकाे हाे । उद्धार भएकामा २५ जना भरतपुर महानगरपालिकाका रहेका छन् भने २ जना कालिका नगरपालिका तथा रत्ननगर र माडी नगरपालिकाका १–१ जना रहेका छन् । 

उनीहरुलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राखिएको छ । 

महानगर प्रमुख दाहालले यो विपद्को घडीमा समस्यामा परेका नागरिकलाई सहयोग पुर्‍याई उनीहरुको उचित व्यवस्थाका साथ क्वारेन्टाइनमा राख्ने आफ्नो दायित्व र कर्तव्य भएको भन्दै भरतपुर महानगरपालिका कोभिड १९ रोगको रोकथाम, नियन्त्रण र सुरक्षामा सुरुदेखि नै सजग रही अस्थायी कोरोना अस्पताल र पिसीआर ल्याब समेत स्थापना गरी बिरामीहरुको उपचार गरिरहेको बताइन् ।

उपचार र कोरोना पहिचानको कामसँगै अब विदेश तथा स्वदेशमा रोजगारी गुमाएर तथा विविध कारणले स्वदेश फर्काइएका भरतपुर महानगरवासीलाई वडावडामा स्थापना गरिएको क्वारेन्टाइनमा राखी उनीहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखी कोरोना परीक्षणपश्चात नेगेटिभ रिर्पोट आएपछि घर पठाउने बताइन् ।

उनीहरुलाई बसमा सुरक्षित तरिकाले चितवन ल्याइएको भरतपुर महानगरपालिकाका सल्लाहकार तथा उद्दारमा खटिएका गोपाल कृष्ण न्यौपानेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप