रौहटमा कोरोना संक्रमितको संख्या ७१ पुग्यो
रौतहट । रौतहटमा कोरोनाभाइरस संक्रमितको संख्या ७१ पुुगेको छ । मंगलवार थप २२ जनामा कोरोना भाइरसको पुष्टि भएसँगै रौतहटमा संक्रमितको संख्या ७१ पुुगेको हो ।
मंगलवार स्वास्थ तथा जनसंख्या मन्त्रालयबाट आएको रिपोर्टमा गौर नगरपालिकाका ७ जना, देवाही गोनाहीका ३ जना, राजदेवी नगरपालिका १ जना गरी ११ जना र ठेगाना स्पस्ट नभएका ११ जना गरी २२ जना संक्रमित थपिएको रौतहटका सिडिओ बाशुदेव घिमिरेले बताएका छन् ।
संक्रमित हुनेमा ३ जना बालबालिका समेत रहेको सिडिओ घिमिरेले जनाएका छन् ।
संक्रमितमध्ये गौर र राजदेवी नगरपालिकाका लाई गौर स्थित नर्सिङ क्याम्पसको आइसोलेसनमा र अन्यको सम्बन्धित नगरक्षेत्र अन्तर्गतको आइसोलेसनमा राखेर उपचार गरिने सिडिओ घिमिरेले जनाए ।
मंगलवार संक्रमित देखिएकाहरु अधिकांश भारतको विभिन्न सहरमा कामगरी फर्किएकाहरु हुन् ।
उनीहरुलाई क्वारेन्टाइनमा राखिएकोमा केहीदिन अघि थ्रोट स्वाब संकलन गराई जाँचको लागि काठमाडौं पठाइएकोमा पोजेटिभ रिपोर्ट आएको हो ।
ती सबैजना रौतहट आउँदा सिधै क्वारेन्टाइनमा पठाइएकाले अन्यलाई संक्रमणको जोखिम नभएको रौतहट प्रहरी प्रमुख एसपी रबीराज खड्काले बताएका छन् ।
यसअघि हिजो मात्रै पनि सोमवार राजपुर र ईशनाथ नगरपालिकाका २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सम्बन्धी अमेरिकी प्रतिवेदन: तिब्बती शरणार्थीको अधिकारदेखि न्यायालयमा घुससम्म प्रश्न
-
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य
-
आईपीएलमा आज : बलियो कोलकातालाई उसैको घरमा पञ्जाबको चुनौती
-
जेठमा ‘नेपाल फेसन फेस्टिभल’ आयोजना हुने
-
सरकार टिकाउने तीन नेताको के छ रणनीति ?
-
ठुलो पर्दामा फर्किन लागेका हुन् गोविन्दा ?