बुवाको जन्मदिनमा रितेश देशमुखको भावुक श्रद्धाञ्जली, उनको लुगा लगाएर आफैंलाई सुम्सुमाइरहे
मङ्गलबार, १३ जेठ २०७७, १७ : ५२
बलिउड अभिनेता रितेश देशमुखको आफ्ना पिता विलासराव देशमुखको जन्मदिनमा उनलाई याद गर्दै यस्तो भिडियो बनाएका छन् जुन निकै भावुक छ । उक्त भिडियोमा रितेश ह्याङ्गरमा झुन्डिएको कुर्ता–कोट नजिकै जान्छन् र त्यसमा एउटा हात छिराएर काँध र टाउकामा आफ्नो हात यसरी राख्छन् कि झट्ट हेर्दा उनका बुवाले नै उनलाई सुम्सुमाइरहेको जस्तो देखिन्छ ।
२६ मे मा महाराष्ट्रका पूर्व मुख्यमन्त्री विलासरावको ७५ औं जन्मजयन्ती हो । भिडियोमा ऋतिक रोशनको फिल्म अग्निपथको गीत बजिरहेको सुन्न सकिन्छ ।
उनले भिडियो पोस्ट गर्दै लेखेका छन्, ‘ह्याप्पी बर्थडे पापा । तपाईंको अभाव प्रत्येक दिन खट्किन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
शिक्षक र कर्मचारीलाई पार्टीको सदस्यबाट राजीनामा गर्न अल्टिमेटम
-
आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकासका लागि प्रतिबद्ध छौँ : गभर्नर अधिकारी
-
विश्वभर २८ करोड २० लाख मानिस भोकमरीको चपेटामा