शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाभाइरसले आँखामा पनि असर पार्छ ?

मङ्गलबार, १३ जेठ २०७७, १७ : २३
मङ्गलबार, १३ जेठ २०७७

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार कोरोनाभाइरसको संक्रमणपछि उनले आँखाको ज्योति सम्बन्धि समस्या झेलिरहेको बताएका छन् ।

जोनसनको यो बयान उनका प्रमुख सहयोगी डोमिनिक कमिङ्ग्सको बयानपछि सार्वजनिक भएको हो ।

बोरिसले सोमबार डाउनिङ स्ट्रिट पत्रकार सम्मेलनमा भने, ‘मैले थुप्रै वर्षपछि चस्मा लगाउन आवश्यक भएको महसुस गरिरहेको छु । मलाई लाग्छ, कोरोनाभाइरसले आँखाको ज्योतिलाई असर गर्दछ ।’

कमिङ्ग्सले देशभरी लकडाउन लागू भएका बेला आफ्नो आँखा परीक्षण गर्नका लागि बर्नार्डले ६० मिलको यात्रा गरेको बताएका थिए । लकडाउनमा श्रीमतीसहित घुमेको भन्दै उनको राजिनामाको माग गरिएको छ ।

त्यसो भए के कोभिड–१९ बाट संक्रमित कुनै व्यक्तिको आँखाको ज्योतिमा असर पार्छ ? विशेषज्ञले कोरोना भाइरसका कारण आँखाको समस्या असामान्य भएको बताउँदै यसबारे हालसम्म केही जानकारी प्राप्त नभएको बताएका छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप