गण्डकी प्रदेशको स्याङ्जामा पहिलो पटक कोरोना संक्रमण पुष्टि
मङ्गलबार, १३ जेठ २०७७, १७ : ०५
गण्डकी प्रदेशको स्याङ्जामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले स्याङ्जामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
आज पोखरामा गरिएको स्वाब परीक्षणका क्रममा स्याङ्जाको वालिङका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उनले
मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्यअवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् । आज मात्रै यी दुईसहित नेपालमा थप ९० जना कोरोना संक्रमित थपिएका छन् ।