शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अर्थमन्त्रीले भने : महंगी बढ्यो, गरीबी घट्यो

मङ्गलबार, १३ जेठ २०७७, १६ : ००
मङ्गलबार, १३ जेठ २०७७

अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै गरिबी घटेको बताएका छन् । 

संघीय संसदमा मंगलबार आर्थिक सर्वेक्षण पेश गर्दै उनले २ प्रतिशतले गरिबी घटेर १६ प्रतिशतमा झरेको बताएका हुन् । उनले सरकारले लिएको नीतिका कारण गरिबीको रेखामुनी रहेको जनसंख्या घट्दै गएको उल्लेख  गरे । आर्थिक सर्वेक्षणअनुसार मुलुकको सार्वजनिक ऋण ११ खर्ब १४ अर्ब ८१ करोड छ।

कुल ऋणमध्ये आन्तरिक चार खर्ब ५१ अर्ब ९ करोड र वैदेशिक ऋण ६ खर्ब ६३ अर्ब ७२ करोड छ। सर्वेक्षणअनुसार व्यापार घाटामा सुधार आएकोले शोधनान्तर स्थिति बचतमा छ। मूल्य वृद्धिदर एकल अंकमा भए पनि गत वर्षको तुलनामा यसपटक महँगी बढेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप