शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘पाल्न नसक्ने’ भन्दै आमाले गरिन् शिशुको हत्या !

मङ्गलबार, १३ जेठ २०७७, १५ : ०१
मङ्गलबार, १३ जेठ २०७७

भक्तपुर । आफ्नो सन्तानको माया महिलालाई सबैभन्दा धेरै लाग्ने गर्दछ । आमा भन्दा ठुलो बच्चाको लागि संसारमा कोही हुँदैन् । तर, ती आमा नै काल बनेपछि सन्तानको के लाग्छ र ?  लकडाउनको समय छ । दुई महिना भइसक्यो । संसारभर कामगरि खाने मानिसको दैनिकी कष्टकर बन्दै गइरहेको छ । त्यहिँ लकडाउन सुरु भएको केही दिनपछि श्रीमान बेपत्ता भए । 

उदयपुर घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ६, घलाते बस्ने २२ वर्षकी रमिला राईको काखमा २१ महिनाकी छोरी थिइ्न् भने उनको पेटमा अर्को शिशु हुर्कर्दै थियो । ढलानको काम गर्ने क्रममा रमिला र मिलन मगरको भेट भयो । माया प्रेम गाँसे । केही दिन राम्रै भयो । 

‘सँगसँगैं बस्न थाले पहिलो बच्चा जन्मियो । तर, मिलनको व्यवहार उहि रह्यो’ प्रहरीसँगको बयानमा रमिलाले भनेकी छिन् ‘केही दिन हराउने फेरि कोठामा आउने गथ्र्यो’ ।  दैनिक ढलानको काम गरेर खाने उनीहरुको जीवनमा लकडाउन सुरु भएपछि समस्या आएको थियो । लकडाउन सुरु भएको केहि दिनमै श्रीमान सम्पर्क विहिन भए । यसैबेला उनको दोश्रो बच्चा भएको थियो ।  

‘दुई सन्तानलाई पालनपोषण गर्न नसक्ने देखेपछि आफुले चार दिने शिशुको हत्या गरेर फालेको रमिलाले बयान दिएकी छिन्’ महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी चक्रराज जोशीले भने ।  घर ढलानको काम गर्दै आएकी आमाले शिशुको मुखमा कपडा कोचेर हत्या गरेको अनुसन्धानवाट खुलेको डीएसपी जोशीले बताए ।

स्थानीयले उनी बसेको घर निजिकै रहेको फोहोरको थुप्रोमा सालनाल सहितको मृत शिशु देखिपछि प्रहरीलाई खबर गरेको थियो ।  प्रहरीले सोमबार शिशुको मुखमा कपडा कोचिएको र सालनाल समेत नछुट्टिएको अवस्थामा शव फेला पारेको छ ।

शिशु हत्याको आरोपमा प्रहरीले रमिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । उनको श्रीमानको समेत खोजी गरिरहेको छ ।  शिशुको शव पोस्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट पठाएको छ । रमिलाविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको डीएसपी जोशीले बताए । 

२ सय ५० लिटर मदिरा नष्ट
यसैगरि महानगरीय प्रहरी वृत्त जगातीले दुई/तीन दिन अगाडीदेखि सुरक्षा जाँचको क्रममा फेला पारेको करिब २ सय ५० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।  वृत्तका प्रमुख डीएसपी जोशीका अनुसार विभिन्न स्थानबाट बजारतर्फ बिक्री गर्न ल्याइदैं गरेको घरेलु मदिरा नष्ट गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप