बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्याङ्जामा दुई जनामा कोरोना पोजेटिभ

मङ्गलबार, १३ जेठ २०७७, १३ : ४५
मङ्गलबार, १३ जेठ २०७७

भारतवाट आएर क्वारेन्टाइन बसेका स्याङ्जाका दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । 

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले वालिङमा रहेको क्वारेन्टाइनमा बसेका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।  गिरीका अनुसार भारतबाट आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । 
पीसीआर रिपोर्ट पोजेभिभ आएको खवर पाउने वित्तिकै उनीहरुलाई हाल आइसोलेसन वार्डमा सारिएको गिरीले बताए । 

हालसम्म स्याङ्जा जिल्लाबाट १७० जनाको स्वाव परीक्षण लागि पोखरा पठाइएको भएपनि दुईजनाको मात्र रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

 रिपोर्ट पोजेटिभ आएका दुवै पुरुष रहेको गिरीले बताए । उनीहरुको विस्तृत विवरण गण्डकी प्रदेशले गर्ने नियमित पत्रकार सम्मेलनमा जानकारी गराउने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद बिन्दु शर्माले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप