बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतमा आइतबारको तुलनामा संक्रमितको संख्यामा केही कमी

मङ्गलबार, १३ जेठ २०७७, १३ : ४२
मङ्गलबार, १३ जेठ २०७७

एजेन्सी । भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता आइतबारको तुलनामा सोमबार संक्रमितहरु केही कमी देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५३५ जना संक्रमित भेटिएका हुन् ।  यस अघिल्लो दिन ६ हजार ९७७ जना संक्रमित भेटिएका थिए । 

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ४५ हजार ३८० पुगेको छ ।  त्यसैगरी भारतमा विगत २४ घण्टामा १४६ जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ४ हजार १६७ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप