शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु

मङ्गलबार, १३ जेठ २०७७, १३ : २५
मङ्गलबार, १३ जेठ २०७७

काठमाडौं ।   भक्तपुर,सप्तरी,धनुषा र मोरङका छुट्टाछुटै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । 
    भक्तपुरको मध्यपुर ठिमी नगरपालिका- ४ नयाँ ठिमी चोकमा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेका बा.४ ख ४७०१ र बा.४ ख ४३१८ नम्बरकादुई टिपरकोठक्करबाट दाङ रामपुर घर भएका महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा कार्यरत रही नयाँठिमी चोकमा सिआरभीड्युटीमा खटिएका प्रहरी नायब निरीक्षक निम बहादुर घर्तीको मृत्यु भएको छ ।  

ती टिपरहरुले नयाँठिमी बालकुमारी चोकको बिचको रेलिङमा एकैसाथ ठोक्किएर अनियन्त्रित भई अगाडि बढ्ने क्रममा प्रहरी नायब निरीक्षक घर्तीलाई ठक्कर दिएकाथिए । 
ठक्करबाट गम्भीर घाइते भएका उनको मध्यपुर ठिमी अस्पताल भक्तपुरमा प्राथमिक उपचार पश्चात् नर्भिक अस्पताल थापाथलीमा थप उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । ठक्कर दिने बा.४ ख ४३१८ नम्बरका टिपर चालक भक्तपुर, भक्तपुर नगरपालिका-३ बस्ने ४४ वर्षीय राकेश सैँजु र बा.४ ख ४७०१ नम्बरको टिपर चालक धादिङ थाक्रे गाउँपालिका-८ बस्ने ४० वर्षीय राजेन्द्र प्याकुरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
बा.४ ख ४३१८ नम्बरका टिपर चालक सैँजुले मादक पदार्थ सेवन गरी टिपर चलाएको प्रारम्भिक अनुसन्धानको क्रममाखुल्न आएको छ । 

सप्तरीको खड्क नगरपालिका-६ चकुवास्थित सडकमा नम्बर नभएको पावर डिलर तीन पाङग्रे ट्याक्टर अनियन्त्रित भई पल्टिन जाँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने७५ वर्षीय गुदीलाल चौधरीको मृत्यु भएको छ । 
दुर्घटनामा गम्भीर घाइते भएका उनको सिरहाको लहानस्थित शक्तिअस्पतालमाउपचारको क्रममा मृत्युभएको हो । चालकलाईप्रहरीले नियन्त्रणमा लिएको छ । 
यसैगरी धनुषाको सबैला नगरपालिका-१२ स्थित सडकमा हाल नम्बर नखुलेकोअन टेष्ट ट्याक्टरले ठक्कर दिँदा सोही ठाउँ बस्ने ४२ वर्षीया सुमिन्द्र देवी साह तेलीको बाटोमै मृत्यु भएको छ ।
 ट्याक्टरलेठक्कर दिँदा गम्भीर घाइते भएकी सुमिन्द्राको उपचारको लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको हो भने अर्की घाइते सोही ठाउँ बस्ने १२ वर्षीया सीता कुमारी साहको प्रादेशिक अस्पताल जनकपुरमा सामान्य अवस्थामा उपचार भइरहेको छ ।

 ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
मोरङ, सुन्दरहरैचा नगरपालिका-९ झरनापुलस्थित सडकमा को.३ प ९७६२ नम्बरको मोटरसाइकलअनियन्त्रित भई दुर्घट्ना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-११ बस्ने ३१ वर्षीय गोबिन्द बजगाईको मृत्यु भएको छ । 

साइकल जोगाउने क्रममा भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनकोधरान घोपा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । 
यसैगरी मोरङको केराबारी गाउँपालिका-९ स्थित सडकमा को.३८ प १०७१ नम्बरको मोटरसाइकलसोमबार रातिबाटोमा ढली राखेको रुखको हाँगामा ठक्कर खाई दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३० वर्षीय विकाश गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होम बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 
    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार कार्य गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप