हरर विषयमा बन्यो ‘ओयजा’
काठमाडौं । लकडाउनको समय भएर होला सायद अहिले डिजिटल प्लेटफर्मका बिभिन्न सामाग्रीले राम्रो दर्शक पाइरहेको छ । सायद त्यसैले पनि होला छोटा तथा लामा फिल्महरु पनि अहिले यस्ता प्लेटफर्ममा दैनिक आधा दर्जन बढि सार्वजनिक हुने गरेका छन् ।
रेज इन्टरटेनमेन्टले पनि लकडाउनको मौका छोपेर केही छोटा फिल्म सार्वजनिक गरिसकेको छ । जसमध्येको एक हो ‘ओयजा’ । रोशन दाशको निर्देशन रहेको ‘ओयजा’ हरर बिषयमा बनेको हो । रोशन श्रेष्ठ र अनिश पन्च क्रिजोनको छायाँकन रहेको फिल्ममा सम्पादन समेत निर्देशक दास कै रहेको छ ।
अनिश, रोशन र सुनिल गजमेरको लगानी रहेक फिल्ममा रोशन, अनिश, सुनिल, विशाल केसी र कमला तामाङको साथमा बाल कलाकार गुनगुन दासको समेत अभिनय देख्न सकिन्छ । लकडाउनको समयमा घरमा रहेका सर्वसाधारणलाई समय कटाउन सजिलो पनि होस् र केही म्यासेज पनि मिलोस् भन्ने उदेश्यले आफुले छोटा फिल्महरु डिजिटल प्लेटफर्ममार्फत ल्याइरहेको निर्देशक दासले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
-
न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
शिक्षक र कर्मचारीलाई पार्टीको सदस्यबाट राजीनामा गर्न अल्टिमेटम