मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव समूहकी नेतृ बन्दनाको भारतमा निधन

मङ्गलबार, १३ जेठ २०७७, १३ : १९
मङ्गलबार, १३ जेठ २०७७

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी पूर्व केन्द्रीय सदस्य एवं अखिल नेपाल किसान महासंघ क्रान्तिकारीकी पूर्व केन्द्रीय अध्यक्ष सविता सिंह बन्दनाको निधन भएको छ ।
 उनको ४० बर्षको उमेरमा भारतको नयाँ दिल्लीमा निधन भएको हो । 
महासचिव विप्लवले मंगलबार शोक वक्तव्य जारी गर्दै बन्दनाको अल्पायुमै भएको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएका छन् । जाजरकोट घर भएकी बन्दना लामो समयदेखि बाथ रोगबाट ग्रस्त भएकाले उपचाररत रहेकी थिइन् । विप्लवले बन्दनाका १४ वर्षीय छोराको शिक्षा, स्वास्थ्य र पालनपोषणको सम्पूर्ण जिम्मा लिने प्रतिबद्धता पनि विज्ञप्तिमार्फत जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप