नीति अनुसन्धान प्रतिष्ठान विधेयक पारित
काठमाडौं । राष्ट्रियसभाबाट ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकबाट सर्वसम्मतिले उक्त विधेयक पारित गरेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव गरेकी थिइन् ।
दुई विधेयक पेश
बैठकमा ‘स्टाण्डर्ड नापतौल (पाँचौँ संशोधन) विधेयक, २०७६’ र ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ पेश भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ती दुई विधेयक पेश गरेका हुन् ।
त्यसैगरी बैठकले ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५’ र ‘बिरुवा संरक्षण (दोस्रो संशोधन) विधेयक, २०७५’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । सो विधेयक कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक आजै अपराह्न १४ः०० बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट