शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

मङ्गलबार, १३ जेठ २०७७, १३ : ०६
मङ्गलबार, १३ जेठ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको हो । 

आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको छ । बैठकमा संविधान संशोधन तथा कोरोना महामारी नियन्त्रण बारेमा छलफल हुनेछ । 

हालै सरकारले लिम्पियाधुरासहितको नक्सा जारी गरेको छ भने सो नक्सालाई आधिकारिकता दिन संविधान संशोधन प्रस्ताव दर्ता भएको छ । यस्तै कोरोना नियन्त्रणका लागि राष्ट्रिय सहमति बनाएर अघि बढ्नुपर्ने आवाजहरू पनि उठिरहेका छन् ।

यसअघि वैशाख ३१ गते सर्वदलीय बैठक बसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप