मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आरडीटी पोजेटिभ देखिएका २३ जनाको पीसीआर परीक्षण हुँदै

मङ्गलबार, १३ जेठ २०७७, १२ : ३९
मङ्गलबार, १३ जेठ २०७७


कैलाली । सुदूरपश्चिम प्रदेशमा आरडीटीमा पोजेटिभ रिपोर्ट आएका २३ जनामा कोरोना पोजेटिभ भए–नभएको एकिन गर्न पीसीआर विधिबाट परीक्षण भइरहेको छ । 
मंगलबारसम्म २० हजार ८८७ जनामा आरडीटी परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले रातोपाटीलाई जानकारी दिए ।  जाँच गरिएका मध्येबाट २० हजार ८११ जना नेगेटिभ छन् ।
 उनले  पोजिटिभ देखिएका ७६ जनामा पीसीआर विधिबाट जाँच गर्दा ५३ जनामा जनाको रिपोर्ट नेगेटिभ आइसकेको र बाँकी २३ जनाको पीसीआर परीक्षण हुने क्रममा रहेको बताए । 
 उनले कोभिड–१९ का संकास्पद २० जनाको विभिन्न अस्पतालको आईसोलेसनमा उपचार भइरहेको पनि बताए ।
 सुदूरपश्चिम प्रदेशका लागि स्वास्थ्य सेवा विभागवाट पठाइएको स्वास्थ्य सामाग्री पनि प्राप्त भएको प्रदेश सरकारले जानकारी दिएको छ । 
सामाजिक विकास मन्त्रालयका अनुसार विभागले एन९५ मास्क ५५०, सर्जिकल मास्क ३००००, आरटीटी किट ४०००, भिटिएम २१५ , फेस सेइलिड १०, सर्जिकल क्याप ५०, गन ५०, गोलोभ्स २० थान पठाएको छ । ती सामग्री आवश्यकताअनुसार वितरण गरिने छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप