नाम जुधेपछि बर्षा सिवाकोटीलाई तनाव
काठमाडौं – नेपाल–भारतबीचको सीमा विवादबारे दिएको बयानका कारण केही दिन अगाडि अभिनेत्री बर्षा राउत विवादमा फसेकी थिइन् । आफूले दिएको बयान सामाजिक संजालमा चर्काे आलोचना भएपछि उनले माफी समेत मागिन् ।
अभिनेत्री राउतको उक्त हर्कतको असर उनलाई मात्रै परेन । त्यसको असर अर्की बर्षा नामकै अभिनेत्री बर्षा सिवाकोटीलाई समेत परिरहेको छ । कतिपय सामाजिक संजाल प्रयोगकर्ताले राउतको सट्टा सिवाकोटीलाई समेत गाली गर्ने गरेका छन् ।
अभिनेत्री सिवाकोटीले सामाजिक संजालमार्फत राउतको हर्कतले आफूलाई पनि असर परेको जानकारी दिएकी छन् । नमस्ते म बर्षा सिवाकोटी लेख्दै सुरु गरेको उनको पोस्टमा म्यासेज पठाउन र कमेन्ट गर्नु अगाडि नाम थर हेर्न आग्रह समेत गरिएको छ । सिवाकोटीको पोस्ट्ले राउतको क्रियाकलापको आलोचना उनले पनि खेप्नु परेको र उनलाई समेत विभिन्न प्रकारका म्यासेज आएको अनुमान लगाउन सकिन्छ ।
नाम जुधेका कारण एकको क्रियाकलापबाट अर्काेलाई असर परेको यो पहिलो पटक भने होइन । यस अगाडि पनि नामको कारणले फिल्म क्षेत्रमा द्विविधा सिर्जना भएको बाहिर आएकै बिषय हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा