शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ को नीति र कार्यक्रममा आजदेखि छलफल

मङ्गलबार, १३ जेठ २०७७, १० : ०४
मङ्गलबार, १३ जेठ २०७७

प्रदेश ५ प्रदेशसभाको बैठक आज बस्दै छ । विशेष कारण जनाउँदै हिजो अन्तिम समयमा आएर स्थगित भएको बैठक आज दिउँसोको लागि पुनः बोलाइएको हो ।

दिउँसो १ बजे बस्ने बैठकमा सरकारको नीति र कार्यक्रममाथि प्रदेशसभा सदस्यहरुले पक्ष र विपक्षमा आ-आफ्नो धारणा राख्ने सचिवालयले जनाएको छ । यसै नीति र कार्यक्रम अनुसार सरकारले बजेट बनाउने काम पनि थाल्ने छ । १० गते प्रदेशसभा नीति तथा कार्यक्रम प्रस्तुत भएको  थियो । प्रदेशसभा प्रस्तुत भएको नीति तथा कार्यक्रमा कोरोना कारणले परेको असर पर्ने सक्ने जोखिमलाई मूल्यांकन अधिकांश विगतका योजनाहरु निरन्तरता दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप