बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिरहामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

मङ्गलबार, १३ जेठ २०७७, ०९ : ००
मङ्गलबार, १३ जेठ २०७७

सिरहा । सिरहामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्ण देव यादवका अनुसार भगवानपुर गाउँपालिका वडा नं ४ का ४ जना ३६, २६,२९,३७ वर्षीय पुरुष र नवराजपुर गाउँपालिकाका १ जनामा गरी जम्मा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 
उनीहरु भारतको विभिन्न ठाउँबाट आएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए ।

कोरोना संक्रमित पुष्टि भएकाहरुलाई धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।
योसँगै सिरहामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप