शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सलमान खान पर्दामा किन गर्दैनन् नायिकालाई चुम्बन ? भाग्यश्रीसँग सम्बन्धित ?

मङ्गलबार, १३ जेठ २०७७, ०८ : ५८
मङ्गलबार, १३ जेठ २०७७

सलमान खानको जुनसुकै फिल्म रिलिज भएपनि तपाईं आफ्नो पूरा परिवारसँग बसेर मज्जाले हेर्न सक्नुहुन्छ किनभने उनको फिल्ममा लिप लक वा कुनै यस्ता इन्टिमेट सीन हुँदैनन् जसले तपाईंलाई आफ्नै परिवारको सामुन्ने असहज हुनु परोस् । तर के तपाईंलाई सलमानको यो नो किसिङ पोलिसी कहाँबाट सुरु भयो भनेर थाहा छ ? आउनुहोस्, उनको एउटा फिल्मसँग जोडिएको किस्साबारे जानकारी लिऔं ।

त्यतिबेला ‘मेने प्यार किया’ को सुटिङ चलिरहेको थियो

कुरा त्यो समयको हो जब सलमान खान सन् १९८९ मा सुरज बडजात्याको फिल्म ‘मेने प्यार किया’ को सुटिङ गरिरहेका थिए । फिल्ममा उनीसँग भाग्यश्री पनि थिइन् ।

फोटोग्राफरले सलमानको अगाडि राखेका थिए यस्तो डिमान्डः

यो फिल्मको सुटिङको क्रममा एक फोटोग्राफरले सलमान खानसमक्ष एउटा माग गरेका थिए जसमा सलमानलाई भाग्यश्रीमाथि जबर्जस्ती चुम्बन गर्न भनिएको थियो ।

सलमान खान र भाग्यश्रीको रोमान्टिक सीनः

यो फिल्ममा सलमान खान र भाग्यश्रीको रोमान्टिक सीनलाई निकै सुन्दर र सभ्यताका साथ छायांकन गरियो । यसैबीच एक फोटोग्राफरले उनीहरुबीच इन्टेन्स सट सुट गर्न चाहेका थिए ।

फोटोग्राफर एउटा यस्तो लिपलक सट चाहन्थे र या नेचुरल देखियोस् भनेर नायिकालाई केही जानकारी दिन चाहँदैनथे । तर सलमानलाई यस्तो सही लागेन ।

भाग्यश्रीले अन्तरवार्तामा गरेकी थिइन् खुलासाः

यसको जानकारी भाग्यश्रीले डेक्कन क्रोनिकल्सलाई दिएको अन्तरवार्तामा दिएकी हुन् र सलमानको प्रतिक्रियाले फिल्मी क्षेत्रमा आफू नौलो भएपनि निकै सुरक्षित महसुस गरेको उनले बताइन् ।

सलमान खानले फोटोग्राफरसँग गरेका थिए कुराः

भाग्यश्रीका अनुसार फोटोग्राफरले उनी र सलमानका केही हट फोटो लिन चाहन्थे त्यसैले उनले सलमानलाई भनेका थिए, ‘जब म क्यामरा सेटअप गर्नेछु तब तपाईंले उनलाई समातेर चुम्बन गर्नुहोस् ।’

भाग्यश्रीले सुनेकी थिइन् उनीहरुबीचको संवादः

भाग्यश्रीले भनेकी थिइन्, ‘त्यतिबेला चुम्बनको दृश्य उतार्न त्यति सहज थिएन । उनीहरुबीच कुरा हुँदा म त्यहाँ नै थिएँ तर उनीहरुलाई यसबारे थाहा थिएन । म उनीहरुको कुरा सुनेर हैरान भएको थिएँ ।’

सलमानले दिएका थिए यस्तो जवाफः

भाग्यश्रीका अनुसार उनले केही बेरपछि नै सलमानको जवाफ सुनेर राहत महसुस गरिन् । सलमान खानको भनाई उद्धृत गर्दै भाग्यश्रीले भनेकी थिइन्, ‘म यो सटका लागि यस्तो केही पनि गर्दिनँ र यदि तपाईंलाई यस्तो गर्नु नै छ भने भाग्यश्रीसँग पहिला कुरा गर्नुहोस् । ’

सलमानको यस्तो कुरा सुनेर उनीप्रति आफ्नो सम्मान निकै बढेर र आफूले सुरक्षित महसुस गरेको भाग्यश्रीले बताइन् ।

यहिबाट सुरु भयो सलमानको नो किसिङ

यद्यपि, उनीहरुबीचको रोमान्टिक दृश्य छायांकन गर्नका लागि सीसाको प्रबन्ध मिलाइएको थियो । यसमाथि नै उनीहरुले किसिङ सीन दिएका थिए । सलमानले आफ्नो नो किसिङ सीन नियम यसै फिल्मपछि लागू गरेको बताइन्छ जसमाथि उनी आजसम्म पनि अडिग छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप