मंगलबारको मौसम पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाले मंगलबारको पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार आज नेपालका पूर्वी भूभाग आसपासमा निम्न चापीय प्रणाली र स्थानीय वायुको पनि प्रभाव रहेको छ।
यसका साथै, हाल देशको पहाडी भूभागका केहि स्थानमा आंशिक बदली भइरहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको पूर्वानुमानमा उल्लेख छ ।
यसैगरी, मंगलबार दिउँसो देशको पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा अपरान्हपश्चात सामान्य बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
त्यस्तै, मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भूभागका एक÷दुई स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
राति भने देशको पूर्वी तथा मध्य भूभागमा सामान्य बदली रहनेछ। पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमानले जनाएको छ ।
त्यसैगरी, पूर्वी र मध्य भूभागका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भूभागका एक÷दुई स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा