शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१४ दिनको आइसोलेशनमा गए करण जोहर

मङ्गलबार, १३ जेठ २०७७, ०७ : १६
मङ्गलबार, १३ जेठ २०७७

बलिउडका चर्चित निर्माता करण जोहरले उनको घरमा काम गर्ने दुई व्यक्तिमा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् ।

ट्वीटरमा एक बयान जारी गरेर उनले ती दुई कर्मचारीमा लक्षणको पत्ता लागेपछि आफ्नै घरको एक हिस्सामा क्वारेन्टाइनमा राखेको बताए । नियमका अनुसार बीएमसीले उनको पूरा भवनलाई स्यानिटाइज गरेको पनि उनले जानकारी दिए ।

करण जोहरले लेखे, ‘परिवारका सबै सदस्य र अन्य सहयोगीको कोरोना परीक्षण गरिएको छ, जुन नेगेटिभ आएको छ । तर हाम्रा आसपासका मानिसहरु सुरक्षाका लागि १४ दिनका लागि हामी आइसोलेशनमा हुनेछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप