कोराना सङ्कटका बेला योगाभ्यास अति उपयोगी: अध्ययन
एजेन्सी । कोरोना सङ्कटका बेला मानसिक स्वास्थ्यका लागि योगाभ्यास अति उपायोगी हुने एक अध्ययनले देखाएको छ । कोरोनाको त्रास र लकडाउनका कारण बढेको मानसिक स्वास्थ्यसम्वन्धी समस्यालाई न्युनिकरण गर्न योगाभ्यास राम्रो उपायको रुपमा देखिएको अनुसन्धानकर्ताहरुको भनाइ छ ।
दक्षिण अष्टे«लिया विश्वविद्यालयका केही अनुसन्धानकर्ताहरुले गरेको नयाँ अनुसन्धानको नतिजा बेलायती एक जर्नलमा हालै प्रकाशित भएको छ । विश्वमै पहिलो पटक गरिएको यस विषयको अनुसन्धानलाई चासोका साथ हेरिएको विज्ञहरुले बताएका छन् ।
अनुसन्धानको नेतृत्व गर्नु भएका जकिन्ता ब्रिन्स्लीले सामाजिक दुरी कायम गर्दै समयमै अध्ययन सकिएको जानकारी दिए । अध्ययनले आफै व्यक्तिगत एकान्तवासमा बसेकाहरुलाई पनि योगाभ्यासको आवश्यकता पर्ने र उपयोगी हुने देखिएको उनले बताए ।
त्यसैगरी घरमै बसेर काम गरेका, लगातार एउटै वातावरणमा रहेका सबैका लागि योगाभ्यास गर्नु फाइदाजनक हुने र यसले बसाईलाई सहज बनाउन सहयोग गर्ने अध्यनकर्ताहरुको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का
-
सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै
-
निसीखोला बस दुर्घटना : ज्यान गुमाउनेको संख्या नौ पुग्यो
-
विशेष र समपूरक अनुदानतर्फ २६ अर्ब १० करोड रुपैयाँको बजेट सिलिङ
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिने
-
आज देशका पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना, हिमाली भूभागमा हल्का हिमपात