मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

रुसमा एकै दिनमा ९ हजार सङ्क्रमित, ९२ को मृत्यु

सोमबार, १२ जेठ २०७७, २२ : २६
सोमबार, १२ जेठ २०७७

एजेन्सी । रुसमा कोरोनाभाइरसका कारण सोमबार एकैदिनमा नौ हजार व्यक्ति सङ्क्रमित भएका छन् ।  योसँगै देशभरी अहिलेसम्म कुल सङ्क्रमितको सङख्या तीन लाख ५० हजारभन्दा बढी भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

त्यसैगरी कोरोनाभाइरसका कारण रुसमा अहिलेसम्म तीन हजार ६३३ जनाको मृत्यु भएको छ । तीमध्ये ९२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

सङ्क्रमितहरुको सङ्ख्याको बृद्धिको तुलनामा मृत्यु हुनेहरुको सङ्ख्या अन्य देशमा भन्दा कम रहेको उनीहरुले बताएका छन् । 

तर कतिपयले भने सरकारले तथ्याङ्कमा गडबडी गरेको आरोप पनि लगाउँदै आएका छन् । उनीहरुले सङ्क्रमित हुने र मृत्यु हुनेहरुको वास्तविक सङ्ख्या अहिले सार्वजनिक गरिएभन्दा फरक रहेको हुनसक्ने बताउने गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप